अब खरायोले झैं खुरु खुरु वच्चा जन्माउनुहोस – सरकारले नै यस्तो भन्यो

जन्मदर कम हुँदै गएपछि पोल्याण्ड सरकारले आफ्ना नागरिकलाई ‘खरायोलेझैँ बच्चा जन्माउन’ सल्लाह दिएको छ। पोल्याण्ड युरोपमै सबैभन्दा कम जन्मदर भएको मुलुकमध्ये एक हो।

पोल्याण्डको स्वास्थ्य मन्त्रालयले हालै आफ्ना नागरिकहरुलाई बढी बच्चा जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले एक भिडियो सार्वजनिक गरेको छ।

युट्युबमा सार्वजनिक भिडियोमा एक खरायो आफ्नो विशाल परिवारको रहस्य खोल्छः कसरत, स्वस्थ खाना र कम तनाव। भिडियोमा आफ्नो जोडीसँग रोमान्समा वृद्धि गर्न तथा अल्कोहल कम खान प्रतीकात्मक रुपमा सल्लाह दिइएको छ।

‘यदि तपाईं आमाबाबु बन्न चाहनुहुन्छ भने खरायोलाई उदाहरण मान्नुहोस्,’ भिडियोमा दर्शकलाई आह्वान गरिएको छ।

करिब ३ करोड ८० लाख जनसंख्या भएको पोल्याण्डमा सन् २०१५ को जन्मदर प्रतिमहिला १.३२ बच्चा रहेको युरोपेली युनियनले जनाएको थियो। युरोपमा पोल्याण्डभन्दा पोर्चुगलको मात्रै जन्मदर कम छ।

स्वास्थ्य मन्त्रालयले १८ देखि ४५ वर्षसम्मका नागरिकलाई स्वस्थ जीवनशैली अपनाएर प्रजनन् स्वास्थ्य सुधार्न आह्वान गरेको छ। एजेन्सी


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI