दुलहीले यति लामो सारी लगाइन कि सम्हाल्नै चाहियो २५० मानिस, यसरी सास्ती दिंदा १० बर्ष जेल हुन सक्ने

श्रीलंकाको क्यान्डीमा एकजना दुलहीको सारी सम्हाल्नका लागि एउटा सरकारी विद्यालयका २५० जना छात्राहरूलाई खटाइएको घटना अहिले खुबै चर्चामा छ । ती छात्राहरूले ३.२ किलोमिटर लामो सारी सम्हालेका थिए । यति लामो सारी लगाउर ती दुलही दुलाहाका साथ पैदल हिँडिरहेकी थिइन् ।

क्यान्डीको सेन्ट्रल डिस्ट्रिक्टस्थित मुख्य सडकमा यो तमाशा भएको थियो । सयभन्दा बढी छात्राहरूलाई फूल बोकेर हिँड्ने फ्लावर गर्ल बनाइएको थियो ।
सञ्चारमाध्यमका अनुसार, यो बिहेमा केन्द्रीय प्रान्तका मुख्यमन्त्री सरत एक्कायका प्रमुख अतिथिका रूपमा पुगेका थिए । यिनै मुख्यमन्त्रीको नाम भएको विद्यालयका छात्राहरूलाई सारी सम्हाल्ने काम लगाइएको हो ।

श्रीलंकामा कुनै पनि बेहुलीले लगाएको सबभन्दा लामो सारी यही भएको बताइएको छ ।

राष्ट्रिय बाल संरक्षण प्राधिकरणले यस घटनाको जाँच गरिरहेको बताएको छ । प्राधिकरण अध्यक्षले बालबालिकालाई यसरी चर्को घाममा घन्टौंसम्म काम लगाउनु अपराध भएको र यसका लागि कम्तीमा १० वर्षको सजाय हुने बताएका छन् ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI