५० बर्षीय यी महिलाको रुप देखेर छक्कै पर्नु हुन्छ, खोलिन सधै जवान रहने रहस्य

सामाजिक संजालमा एउटी ५० बर्षीय महिलाको सुन्दर र जवान देखिने तस्वीर यतिखेर भाइरल बनेको छ । आफ्नी ५० बर्षिय आमाको ५० औँ जन्मदिन मनाउदै गर्दाको तस्वीर छोराले फेसबुकमा पोस्ट गरेपछि उनको सधै जवान देखिने रुपको चर्चा हुन थालेको हो ।

उमेर बढ्दै जानु स्वाभाविक हो, तपाइले चाहे पनि नचाहेपनि समय अनुसार मानिसलाई बुढ्यौलीले पनि छुदै जान्छ। तपाइको उमेरको असर क्रमश तपाइंको शरीरमा देखा पर्न थाल्छ । मानिस आफ्नो उमेर र जवानीलाई लामो समयसम्म कायम राख्न अनेकौं उपायहरु अपनाउछन । उमेर र बुढ्यौली प्रकृतिको नियम नै हो, यसलाई बदल्न त सकिदैन तर केही मानिस उमेरले पुर्याउने असरलाई केही कम भने अवश्य गरेका छन् । यस्तै एक उदाहरण हुन् – पुष्पा देवी ।
५० औँ जन्मदिनको भिडियो हेरौं

पुष्पाको उमेर ५० बर्षको भैसकेको छ, तर आजपनि उनी कुनै जवान युवति भन्दा केही कम देख्दिनन । उनको चम्किलो रुप र छरितो शरीर देखेर जोकोही झुक्किन्छन, सजिलै उनको उमेरको अनुमान लगाउन सक्दैनन् । कतिपटक त यस्तो भएको छ कि जब उनी आफ्नो सानो छोरासँग बाहिर घुम्न निस्किन्छिन, मानिसहरु उनको ब्वाइफ़्रेन्ड होला भनेर झुक्कीन्छन ।

उनी एक सफल उद्यमी हुन र उनको यूट्यूबमा आफ्नै पारिवारिक च्यानल HadiGenetics छ । उनी इन्डोनेसियाको इन्टरनेट र टिभीमा पनि लोकप्रिय बनेकी छिन ।यसको शुरुवात त्यो समयपछी भयो जब उनको फोटो इन्टरनेटमा भाइरल भयो ।

पुष्पाका अनुसार सधै सुन्दर र जवान रहने एउटै उपाय भनेकै व्यायाम र खानपानमा ध्यान दिनु नै हो, उनका तस्वीरहरु तपाईं उनको इन्स्टाग्राममा हेर्न पनि सक्नु हुन्छ



advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI