गीतकार नवराज बुढा नवीन उदासीको आज किन सार्बजनिक (भिडियो सहित)

साहित्य र आइटी क्षेत्रमा रमाउने युवा गीतकार तथा साहित्यकार नवराज बुढा “नवीन उदासी”को आज किन… नामको आधुनिक गीतको भिडियो धिताल म्युजिक प्राली मार्फत बजारमा आएको छ।

उदासीको पहिले नै विवशताको जिन्दगी र पर्खाइका बाटाहरु साहित्यिक कृति लगायत अन्य केही गीत र गजलहरु पनि रेकर्डिङ भएर बजारमा आइसकेको छन भने सयौं गीत गजलहरु पनि लेखी सकेका छन्।

नवराज बुढा नवीन उदासी द्वारा लिखित शब्द आज किन… बोल रहेको यो गितमा सङ्गीत चर्चित युवा सङ्गितकार राजेश थापा र स्वर श्रेयसी चेम्जोङ लिम्बूको रहेको छ भने भिडियो निर्देशन तथा अभिनय हाेम धिताल र निशा शाही ठकुरीको रहेको छ।

गीतमा मरूभूमि नारायणको छायांकन र एरेन्ज गणेश गुरुङ्गको रहेको छ। उक्त गीत अक्टोबर २९ तारिख बाट धिताल म्युजिक प्राली कै अफिसियल यु ट्युब च्यानल र टिभी टुडे मार्फत रिलिज भएको भिडियो अहिले मार्केटमा आइसकेको छ। उक्त गितको भिडियो हेर्नलाई तलको लिङ्क क्लिक गरेर हेर्न र सुन्न सकिने छ।

भिडियो


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI