फेसबुकमा युवतीहरुलाई अश्लिल शब्द लेख्दै यौनधन्दाको लागि उक्साउने प्रहरीको खोरमा

चितवन। नक्कली फेसबुकमार्फत् महिलाहरुलाई अश्लिल शब्द लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली फेसबुकमार्फत् सामाजिक सञ्जालमा महिलाहरुलाई बदनाम गर्नेगरी अश्लिल शब्द लेख्ने मकवानपुर, बकैया गाउपालिका, ४ बस्ने बर्ष २७ का नविन तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तिमिल्सिनाले सुरज शर्मा नाम गरेको नक्कली फेसबुकमार्फत् अश्लिल कार्यको लागि सम्पर्क गर्नु भन्दै महिलाहरुको नम्बर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने गरेको प्रहरीले जनाएको छ। उनीबिरुद्ध चितवनकी एक युवतीले उजुरी गरेपछि तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए।

पक्राउ परेका तिमिल्सिनाले १९ जना महिलालाई नक्कली फेसबुकमार्फत् अश्लिल शब्दहरु पोष्ट गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानबाट खुल्न आएको छ। मकवानपुर प्रहरीले तिमिल्सीनालाई उनकै घरबाट पक्राउ गरीे चितवन प्रहरीलाई बुझाएको थियो।

तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय, चिवतनको हिरासतमा राखि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। तिमिल्सिनाको नक्कली फेसबुक बन्द गराउने प्रक्रिया पनि सुरु गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI