साहित्य विकास परिषदले लण्डनमा गर्यो एक साहित्यिक जमघट कार्यक्रम

कोमल मल्ल
लण्डन । नेपाली साहित्य विकास परिषद् यूके ले नेपालबाट लण्डनमा एक अन्तराष्ट्रीय सम्मेलनमा भाग लिन आएका युवा साहित्यकार तथा कवि निर्मलकुमार थापालाई एक साहित्यिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्वागत सम्मान् गरेको छ

वेष्ट लण्डन ग्रिनफोर्ड स्थित परिषद् सचिवालयमा आयोजित उक्त समारोहलाई सम्वोधन गर्ने क्रममा प्रमुख अतिथि कवि थापाले साहित्यकारहरू जहाँ पुगे पनि मुटुमा देश बोकेर लाने गरेको बताए । उनले देश चिनाउने भाषा साहित्य संस्कृति जस्ता नेपाली पहिचानको जगेर्ना गर्ने कार्यमा नेपाली साहित्य विकास परिषद् यूके डायसपोरामा अग्रिणी रहेको जानाकारी धेरै पहिले देखि आफूले सुन्दै आएको र यहाँ आएर प्रत्यक्ष अन्तर्क्रिया गर्नपाउँदा खुसी लागेको बताए ।

समारोहमा सभापतिको आसनबाट बोल्दै परिषद्का संस्थापक तथा अध्यक्ष सुरेश जङ्ग शाहले देशको सम्बेदनशील अवस्थामा लेखक साहित्यकारहरूको भूमिका गहन रहने चर्चा गर्दै सर्जकहरूलाई वेलायतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

स्वागत मन्तव्य दिदै परिषद्का सहअध्क्ष तथा कार्यक्रम संयोजक डा।गोपाल पौड्यल र पूर्व अध्यक्ष कवि हरिसिँह थापाले नेपाली साहित्य विकास परिषद्ले स्थापनाकाल देखि नै यसरी नेपालबाट आउने कवि साहित्यकारहरूलाई स्वागत र अन्तरक्रिया गरेर सृजना र चेतना एकआपसमा बाँड्ने गर्दैआइरेको उल्लेख गरे । कार्यक्रमको संचालन गर्दै परिषद्की महासचिव डा। सुधा श्रेष्ठले डायसपोरामा नेपाली साहित्य विकास परिषद् यूके ले नेपाली भाषा साहित्यको सिङ्गो इतिहास बोकेको बताइन् । उनले साहित्यकार निर्मलकुमार थापासँग पनि यो इतिहास जोड्न पाउँदा नेपाल साहित्य विकास परिषद् यूकेलाई गर्भ लागेको बताइन् ।

समारोहमा साहित्यकार निर्मलकुमार थापालाई परिषद्को तर्फबाट खादा ओढाएर परिषद्का प्रकाशन कृतिहरू उपहार समर्पण गरिएको थियो ।

कार्यक्रमको प्रथम चरणमा अन्तरक्रिया तर्फ यती संस्थाका वरिष्ठ उपाध्यक्ष ठाकुर शर्मा , परिषदका पूर्व उपाध्क्ष चिरन्जीवी ढकाल, युवा बैज्ञानिक रुपेश पौड्याल लगायतका सहभागीबाट जिज्ञासा मन्तव्य राखिएको थियो भने दोस्रो चरणमा कवि तथा कलाकारहरूद्वारा कविता वाचन तथा गीत संगित प्रस्तुत गरिएको थियो । यसरी कविता वाचन गर्ने कविहरूमा अतिथि कवि निर्मलकुमार थापा,हरि सिँह थापा,बसन्त रायक्षेत्री, डा।गोपाल पौड्याल, डा। सुधा श्रेष्ठ र सुरेश जङ्ग शाह हुनुहुन्थो भने आफ्नै रचनाका गीत संगित प्रस्तुत गर्नुहुनेहरुमा कोसेली संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, परिषदका पूर्व अध्यक्ष कवि हरिसिँह थापा र कोसेली पूर्व अध्यक्ष कवि कलाकार बसन्त रायक्षेत्री लगायतका श्रष्ठाहरु थिए ।

कार्यक्रममा सहभागिहरुका लागि दीवा भोजको आयोजना गरिएको थियो । दीवाभोजको प्रायोजन तथा अतिथि सत्कार र व्यवस्थापन् सहअध्यक्ष गोपाल पौड्याल तथा परिवारबाट गरिएको थियो ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI