चर्चित युवा सङ्गीतकार राजेश थापाको एकल सङ्गितमा अर्जुन थापाको अनुपम अटल (भिडियो सहित) बजारमा… 

नवराज बुढा / खबरसाइट

पछिल्लो समयमा निकै ब्यस्त युवा सङ्गितकारको रुपमा चर्चित राजेश थापाको एकल सङ्गीत रहेको आधुनिक गीति एल्बम “अनुपम अटल” केही दिन पहिले बजारमा आएको छ। बिन्धबासिनी म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको “अनुपम अटल” उनको यो पाचौं एकल सङ्गीत रहेको एल्बम हो। यो भन्दा अगाडि पनि थापाको एकल सङ्गीत रहेको गीति एल्बमहरु केही काडा केही फूल, नजर, मुटु, सगुन लगायत बजारमा आइसकेका छन्। थापाले सयौं गीतहरुमा सङ्गीत दिइसकेका छन्।

यस अनुपम अटल भित्र गीतकार अर्जुन थापाको सात ओटा छुट्टाछुट्टै बिधाका आधुनिक कर्णप्रिय् गितहरु राजेश थापा द्वारा सङ्गीतबद्ध गरिएका छन्। एल्बमामा फूलझै फुलोस् भन्छु, रहर चढ्यो यो मनमा, दोषी होकि नजर मेरो, छड्के कपाल कोरेकी किन, चम्किन्छ चन्द्र सुर्य, सपनिमा आउँछ्यौ, परदेश बाट घरदेश आउँला लगायतका शब्दहरुलाई नेपालका ख्याति प्राप्त कलाकारहरु रामकृष्ण ढकाल, मेलिना राई, स्वरूपराज आचार्य, मनिशा राई, निखिता थापा, सुमन क्षेत्री, सन्तोष लामा, राजेश पायल राई लगायतका कलाकारहरुका स्वरहरु स्वरबद्ध भएका छन्।

बिन्धबासिनी म्युजिक प्रा.लि. ले बजार बयबस्थापन गरेको एल्बम अनुपम अटलको एउटा गीतको भिडियो पनि सार्बजनिक गरिएको छ । जसमा स्वर रामकृष्ण ढकालको रहेको छ । युबराज वाइबाले निर्देशन गरेको उक्त भिडियोमा गायक रामकृष्ण ढकाल र नायीका रीमा बिश्वकर्माको अभिनय रहेको छ।

भिडियो :


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI