कांग्रेस मात्रै हुने हो भने देश आफै चम्किन्छ, वाम गठबन्धनको काम छैन – बाबुराम भट्टराई [video]

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका हुन् । आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले आफु र आफ्नो पार्टी सो कथित वाम गठबन्धनमा अटाउन नसकेको दाबी गरे ।

वास्तवमा वाम गठबन्धनको कुनैपनि अर्थ छैन, यो कम्युनिष्ट एकताको लागि नभई सत्ता हत्याउने खेलमात्र भएको उनले बताए । नेपालका वामपन्थीहरु वास्तवमा कम्युनिष्ट विचारधाराको नभई कम्युनिष्ट विचारबाट स्खलित भैसकेका छन, बरु यो देशमा नेपाली कांग्रेसमात्र हुने हो भने देश आफै चम्कन्छ वावुराम भट्टराईले भने ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI