शाहरुख खानकी यी हिरोइनले यौन शोषणका बारेमा गरिन यस्तो अचम्मको खुलासा

एजेन्सी । बलिउड बलिउड अभिनेता शाहरुख खानसँग अभिनय गरेकी अभिनेत्री कृष्णमूर्तिले यौन शोषणका बारेमा निकै कहालिलाग्दो खुलासा गरेकी छन्।

हिन्दि चलचित्र कभी हां कभी न मा शाहरुखसँग सँगै अभिनय गरेकी अभिनेत्री कृष्णमुर्तिले बाल्यकालमा आफ्नी ९ वर्षीया साथीमाथि उनकै ४० वर्षीया काकाले यौन शोषण गरेको खुलासा गरेकी हुन्। उनले एक अंग्रेजी सञ्चारमाध्यमलाई दिएको एक अन्तवार्तामा यो कुराको खुलासा गरेकी हुन्।

उनले आफ्नी साथीमाथि एक वर्ष नभइ पाँच वर्षसम्म पटक पटक यौन शोषण भएको बताएकी हुन्। आफुमाथि भएको घटनाबारे उनले आफ्ना परीवारलाई बताएपनि उनीहरुले उक्त कुरा अस्वीकार गरिदिएका थिए। परिवारले नै यौन शोषण भएको कुरा स्वीकार नगरेपछि उनी पाँच वर्षसम्म यौन शिकार हुने परेको थियो। जस कारण उनी डिप्रेशनमा परेकी थिइन्।


advertisements

.
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI