स्वस्थ र सुन्दर हुन चाहनेले यी ७ चिज कसैसंग शेयर गर्नु हुन्न

आफैँलाई स्वस्थ्य र सुन्दर बनाई राख्नको लागि मानिस विभिन्न किसिमको उपाय अपनाउने गर्दछन् । कतिपय मानिसले पार्लर र चिकित्सक कहाँ पनि निकै पैसा खर्छ गर्छन् तर पनि कुनै फाइदा पुर्यौउँदैन । यसैगरी केही यस्ता सामान्य कुरा पनि छन्, जसमा ध्यान दिई तपाई आफूलाई सुन्दर र स्वस्थ बनाई राख्न सक्नुहुन्छ । आज हामी यस्तै केही सामान्य उपायको बारेमा चर्चा गर्दैछौँ । विशेषगरी यो उपाय मुख्य रूपमा हाम्रो निजी समानको प्रयोग र शेयरिंगको बारेमा हो । जान्नुहोस्. यसको बारेमा

१. हेडफोन
अक्सर हामी साथीभाईमाझ हेडफोन शेयर गरेर गाना सुन्ने गर्छौँ । तर स्टडीमा के पाइएको छ भने हेडफोन या ईयरफोनको प्रयोग गर्दा कान्भित्रको सुक्ष्म ब्याक्टेरिया त्यहाँ टासिएर रहन्छन जुन एक अर्कामा शेयर हुँदा इंफेक्शनको खतरा हुन्छ ।

२ . तौलिया
के तपाइंलाई थाहा छ मानिसको शरीरको सबैभन्दा धेरै किटाणुहरु टावेलको माध्यमबाट प्रसारित भैरहेको हुन्छ । टॉवेल शेयर गर्दा तपाइंलाई त्वचा संबंधी रोग लाग्ने खतरा बढ्छ ।

३. चप्पल/ स्लीपर
सामान्यतया मानिसहरु जुत्ता स्यान्डल या घरमा लगाउने चप्पल सजिलै एक अर्कामा शेयर गरिरहेका हुन्छन । तर यसो गर्दा तपाइंको खुट्टाबाट धेरै प्रकारका ब्याक्टेरिया कितानुहरु एक अर्कामा सर्ने सम्भावना रहन्छ । सामान्यजस्तो लागेपनि मानिसको खुट्टा संक्रमणको हिसाबले अति सम्बेदनशील अंग हो । औंलाका काप या नङमा रहेका किटाणु सर्दा फंगल इन्फेक्शन हुन सक्छ।

४. साबुन / श्याम्पू
साबुनको प्रयोग नुहाउनको लागि गरिन्छ, यो कुरा भनिरहन आवश्यक छैन । तर अधिकांश मानिस यस कुरामा त्यति बढी ध्यान दिन सक्दैनन् कि उनीहरूले आफ्नो साबुन अलग राख्नुपर्दछ । कयौँ रिसर्चमा यो कुरा सावित भएको छ कि एउटै साबुनको धेरै मानिस द्वारा प्रयोग गर्दा इन्फेक्शनको खतरा बढ्छ । यस अवस्था स्वास्थ्य र सुन्दरतालाई बनाई राख्नको लागि तपाई नुहाउन अलग साबुनको प्रयोग गर्नु एक राम्रो विकल्प हुन्छ ।

५ .रेजर / ब्लेड
शेभिंगको लागि प्रयोग गरिएको रेजर भूलेर पनि दोस्रो व्यक्तिलाई शेयर गर्नुहुँदैन । यसबाट इन्फेक्शनको खतरा बढ्छ । कयौँ रिसर्चमा यो दावी गरिएको छ कि रेजर शेयर गर्नाले हेपेटाइटिस B, C संक्रमण फैलिने सम्भावना बन्छ । यस अवस्थामा आफ्नो रेजर कुनै पनि दोस्रो व्यक्ति सँग शेयर गर्नुहुँदैन । त्यहि रेजर यदि युज एण्ड थ्रो हो भने यसको प्रयोग पश्चात् तुरुन्त फ्याक्नुहोस् ।

६.पानीको बोतल
कमै मानिलाई यस कुराको जानकारी हुन्छ कि पानीको बोतललाई दोस्रो मानिसको साथमा शेयर गर्नाले पनि तपाईलाई गम्भीर रूपले रोग लाग्न सक्छ । जुठो पानी पिउँदा कम्यूनिकेबल डिजीज फैलिनुको साथै दुवै मानिसको सलाइभा मिल्ने सम्भावना बन्छ । यस अवस्थामा यसबाट थ्रोट इन्फेक्शन पनि हुनसक्छ । सफा खानपान तपाईलाई स्वस्थ राख्न पनि मद्दत गर्छ ।

७.नेल कटर
अधिकांश मानिसको आफ्नो घरमा एक वा दुई नेल कटरको प्रयोग गर्छन् तर तपाईले सायदै सोच्नु भएको छ होला कि नेल कटर शेयर गर्नाले पनि रोगहरू फैलिने खतरा बढ्छ । कुनै दोस्रो व्यक्तिको नेल कटर प्रयोग गर्नाले नेल फंगस हुने खतरा बनिरहन्छ । यसबाट स्किन इन्फेक्शन पनि हुनसक्छ ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI