प्रधानमन्त्रीद्वारा छठपर्वको शुभकामना, भोट दिएर लोकतान्त्रिक उत्सव पनि मनाऔँ

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वनदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ प्रेस, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ ।

यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु¥याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत गर्नुभएको छ ।

“देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ । निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो । यसैले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु”–शुभकामना सन्देशमा भनिएको छ । रासस ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI