यौनसम्पर्क गरिसकेपछि महिलालाई यस्तो किन हुन्छ ?

एजेन्सी : यौन सम्बन्ध सुखद र प्रिय हुदाहुदै पनि कहिलेकाही कुनै महिलाहरुलाई पुरुष साथीसँग यौन सम्बन्ध गरिसकेपश्चात योनी चिलाउने, यौनांङ्गमा पोल्ने, दुख्ने रातो हुने या अप्ठेरो महसुस हुने गर्छ । यस्तो समस्या उनीहरुले खुलेर यी समस्याका बारेमा अरुलाई भन्न पनि सक्दैनन् जसले गर्दा यस्ता महिलाहरुमा लामो समयसम्म तनाव हुने गर्छ ।

यसको कारण धेरै हुनसक्छ जस्तै – सरसफाइको कमी, शरीरमा पर्याप्त मात्रामा पानीको कमी, यौन सम्बन्धपूर्व गरिने पाकक्रिडा (foreplay)को अभाव आदि आदि, तर आफुलाई के चाहि भएको हो त्यसको खास कारण यसै भन्न सकिदैन । यद्यपि एक अध्ययनले के देखाएको छ भने कुनै महिलालाई आफ्नो यौन साथीसंग यौनसम्पर्क गरिसकेपछि पुरुषमा हुने शुक्राणुको कारणले एलर्जी हुन सक्छ । पुरुषको वीर्य स्खलन भएर योनीमा प्रवेश गर्दा त्यसमा पाइने प्रोटिन यसको मुख्य कारण हुने देखाएको छ। यस्तो अवस्थामा कन्डमको प्रयोग गर्ने, पुरुषले विर्य बाहिर खसाउने गर्न सक्छन । यद्यपि कुनै कुनै महिलालाई भने कण्डमको प्रयोग गरेपछि एलर्जी देखा पर्छ । यदि यस्तो भएको हो भने बिना कन्डम शारीरिक सम्बन्ध बनाउनु पर्छ ।

तपाईलाई पनि यस्तै समस्या देखा परेको छ भने लापरवाही नगर्नुहोस् । यौनांगको उचित सरसफाई गर्दा गर्दै पनि योनी चिलाउने, रातो हुने, पोल्ने गरेको छ भने वीर्यको एलर्जीको भएको हुन सक्छ, माथिका उपायहरु अपनाउदा पनि कम भएन भने यसले ठूलो समस्या पनि पैदा गर्न सक्छ । यस्तो समस्या देखा पर्ने वित्तिकै अप्ठेरो नमानी तुरुन्तै डाक्टरलाई देखाउनुहोस् ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI