रिसाएकी प्रेमिका फकाउने सजिलो तरिका

रिसाउने अनि फकाउने कुरा कुनै पनि सम्बन्धमा एकअर्काका परिपुरक हुन्  । माया प्रेममा हुने यो क्रम यो एउटा प्रक्रिया नै हो भन्दा फरक नपर्ला। सानो ठट्टाका कारण कुनै बेला तपाईँको नजिकको मान्छे रिसाउन सक्छन्, त्यतिखेर तपाईँलाई आपत आइलाग्न सक्छ। कसरी फकाउने ?

यसरी फकाउन सकिन्छ रिसाएकी प्रेमिकालाई

१. जे कुरामा तपाईँहरूबीच झगडा भएको थियो। त्यही कुरामा छलफल गर्नुहोस् र एकअर्काको कुरा मज्जाले सुन्नुहोस्। दुबैलाई आफ्ना पक्ष राख्ने पुरा अधिकार रहेकोले अन्त्यमा आफैँ पत्ता लाग्नेछ गल्ती कसको हो भनेर। यदी तपाईलाई गल्ती आफ्नो हो भन्ने लागेमा तुरुन्तै माफी माग्नुहोस् किनकी साँचो बोल्दा सधैँ फाइदा हुन्छ।

२. आफ्नी प्रमिकासँग छलफल गर्ने क्रममा त्यसलाई लडाइँको रुपमा नबदल्नुहोला यसले तपाईहरुबीच झन् नराम्रो गराउँछ। कुनै पनि विषयलाई शान्तिसँग आरामले छलफल गर्नुहोस् र यसलाई बहसको रुपमा नलिनुहोस्। माफी मागेर मात्र सबै समस्या हल हुँदैनन्। तपार्इँकी प्रेमिकालाई विश्वास हुनुपर्छ कि तपाईँ वास्तवमै पछुतो मानिरहनु भएको छ भनेर।

३. आफ्नी प्रेमिकालाई खुसी राखिराख्न दैनिक जस्तो भनिरहनुहोस् की उनी तपाईका लागि कति खास छिन्। उनलाई सधैँ यो महशुस गराउनुहोस् कि तपाई यो सम्बन्धले धेरै खुसी हुनुहुन्छ। र, यसलाई जिन्दगीभर इमान्दारीताकासाथ निभाउनु हुनेछ। यसो गर्नाले तपाईँहरूको सम्बन्धमा भिन्नै मिठास आउँछ।

४. कुरैकुरामा आफ्नी प्रेमिकालाई हँसाइराख्ने प्रयत्न गर्नुहोस्। यसो गर्नाले तपार्इँकी रिसाएकी प्रेमिकालाई फकाउन धेरै सजिलो हुन्छ। अरु बेलामा पनि उनलाई हँसाइराख्न सक्नुभयो भने उनी कहिल्यै बोर हुनुहुन्न र तपाईसँग धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ।

५. आफ्नी प्रेमिकाको अगाडि यस्ता कुरा कहिल्यै नगर्नुहोस् जसले उनको मनमा चोट पुराउन सक्छ। बरु उनलाई बेलाबखत सरप्राइजहरु दिनुहोस् र घुम्न लैजानुहोस्। उनीसँग सकेसम्म केही नलुकाई सबै कुरा सेयर गर्नुहोस्। यति गरेपछि आशा छ कि तपाईकी प्रेमिका र तपाईबीच चाँडै नै मिलाप भएर सबै समस्याहरु समाधान हुनेछन्।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI