सलमान खान सेक्सबिना बाँच्नै नसक्ने उनकै भाइले गरे अचम्मको खुलासा

मुम्बइ। बलिउडका चर्चित अभिनेता सलमान खान सदैव चर्चाको शीखरमा हुन्छन । ऐश्वर्या राई, कैट्रिना कैफ, संगीता बिज्लानी, स्नेहा उलाल, क्लाउडिया सिस्ला, जरिन खान, मेहेक चेहेल, डेजी शाह, लुलिया वन्तुर लगायत दर्जनौं भारतीय तथा विदेशी युवतीहरुसँग सम्बन्धमा रहेका बलिउड सुपरस्टार सलमान खानको बिबाह भने हालसम्म भएको छैन । यतिखेर बलिउड सुपरस्टार खानको विषयमा उनका भाइ अरबाज खानले गरेको सनसनीपूर्ण खुलासा निकै चर्चामा छ । करण जौहरको शो कफी विथ करणमा अरबाजले यस्तो खुलासा गरेका थिए । करणको शोको छैटौं सिजन सुरु हुने तयारी चलिरहँदा सलमानको यो विषयले चर्चा पाएको हो ।

‘कफी विथ करण’को पाँचौ सिजनको एक कार्यक्रममा सलमानका भाइ अरबाजले सलमान यौनबिना बाँच्न नसक्ने बताएका थिए । कार्यक्रमको र्यापिड फायर राउण्डमा करणले ‘त्यो को हो जसलाई एक महिना बिना यौन बस्नुपर्ने च्यालेन्ज दिइयो भने स्वीकार गर्दैन ?’ भनेर सोधेका थिए । जवाफमा अरबाजले सलमानको नाम लिएका थिए । अरबाजको जवाफ सुनेर सलमानले हाँस्दै ‘ए के भनेको त्यस्तो ?’ भनेका थिए ।


advertisements
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI