मन्त्री क्वाँ क्वाँ रोए पछि आत्महत्या प्रयास I
फेसबुकमा साथीसँग बाँड्नुहोस
क्यासिनोमा सम्पति हारे पछि आत्म हत्याको प्रयास गरेको भनिएको चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले आफुले सम्पत्ति हरेर आत्म हत्याको प्रयास नगरेको दावी गरेका छन्। देउजाका अनुसार आफुले निर्देशन गरेको फिल्म मुनामदन हेर्न बहालवाला उर्जामन्त्री पोष्टबहादुर बोगटीले रुची देखाएछन् । गोपीकृष्ण हलमा सिनेमा हेर्ने बन्दोबस्ती मिलाएका देउजाले सँगै बसेर मुनामदन हेरेछन् । फिल्म हेर्दा यी माओवादी मन्त्री त क्वाँ क्वाँ रुन थालेछन् । त्यो देखेर निर्देशक देउजाको मनमा पनि पागलपन सवार भएछ ।
यो घटनाको केही दिनपछि अर्थात साउन ८ गते उनी बाथरुम छिरेपछि जिन्दगीदेखि दिक्दार लागेछ । बाँचेर अब के नै गर्नु छ र ? मनमा खेलेको बिरक्ति सुनाउँदै देउजाले जनआस्था साप्ताहिकसँग भने- मेरो मनमा यस्तो पागलपन सवार हुन थाल्यो कि अहिल्यै मरिहालौं जस्तो लाग्यो ।’
उनी अफिस गएछन, फर्किएछन, श्रीमतीलाई माइती पुर्याएछन र मोटरसाइकल लिएर गोकर्ण जंगलतिर गएछन् । बिच बाटोमा बिष किनेछन, यत्तिकै पिउन नसकिएला भनेर रेडबुल पनि किनेछन् । बिष पिउनुअघि छोरीलाई फोन गरेर भनेछन- मम्मीलाई भन्दिनु, मलाई बाँच्न मन छैन, मर्न लागेको ।’ तर छोरीलाई ठट्टा गरेजस्तो लागेछ फोन काटिदिइन् । उनले बिष पिए । ‘तर बेहोस भइएला भनेको वान्ता पो भयो’- देउजाले सुनाए- छेउछाउका मान्छेले के अस्पताल लिएर गए, म बेहोस भएकै थिइन, सवै कुरा थाहा पाएको थिएँ ।’
बिष सेवन गरि आत्महत्याको प्रयास गरेका देउजा अहिले पुरानै काममा फर्किएका छन, उनि नेपाल राष्ट्र बैंकक जागिरे हुन। चलचित्र क्षेत्रका मानिसहरुलाई समेत नभेटेका देउजाले आफु क्यासिनोमा हारेर आत्महत्या गर्न नखोजेको प्रमाणित गर्न खोजेका हुन।
- जनआस्था साप्ताहिक
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com