टेलिभिजन शो मा कुरा गर्दै गर्दै कहिले कहिँ बहस चर्किदै जान्छ | यस्तै जोर्डनको एक च्यानलमा एक कार्यक्रममा भएको बहस देख्दा तपाई पनि छक्क पर्नु हुन्छ | बिस्वाश गर्ने गार्हो हुन्छ |
जोर्डनको निजि टेलिभिजन च्यानल जो स्याटमा सीरिया प्रति जोर्डनको नीतिहरुको बारेमा बहस हुदै थियो | सांसद मोहम्मद शावाब्गाले पूर्व उपप्रमुख अन्सुर मुरादलाइ सिरियाली शासनको लागि जासुसीको भूमिका निभाएको आरोप लगाएका थिए । त्यति मात्र नभई उनले इजरायलको गोप्य जासुसी र आपाराधिक संगठन मोसादको प्रतिनिधि भएको र जोर्डनको तलब खाएर विदेशी अपराधीहरुको लागि काम गर्ने जस्तो गम्भीर आरोप लगाएर अपमान गरेपछि असह्य भएर रिसले मुर्मुरिदै मुरादले जुत्ता फुकालेर प्रहार गरे । त्यतिले मात्र नपुगेर उनले सिट बाट उठेर कम्मरमा राखेको पेस्तोल निकालेर तेर्स्याए ।
ठुला नेताहरुको यो उपद्रो र झगडा रोक्न कार्यक्रम संचालकलाइ हम्मे हम्मे परेको थियो ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com