सरकारी स्कूलहरु इन्टरनेट सञ्जालमा आबद्ध गराइने I
फेसबुकमा साथीसँग बाँड्नुहोस
नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामीण दुरसञ्चार कोषको रकम परिचालन गरी मुलुकका सरकारी तथा सामुदायिक स्कूललाई इन्टरनेट सञ्जालमा आबद्ध गर्ने भएको छ। उक्त कार्यको लागी प्राधिकरणले शिक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गरिसकेको बताइएको छ।
प्राधिकरणको अनुसार नयाँ आर्थिक वर्षमा मुलुकका ७५ जिल्लाका दुईसयभन्दा बढी सरकारी स्कूलमा इन्टरनेट सञ्जाल पुर्याउने बताइएको छ। त्यसको लागी कोषको २ करोड भन्दा बढि रकम खर्च गर्ने योजना प्राधिकरणले गरेको छ।
कनेक्ट स्कूल कनेक्ट कम्युनिटिको नाराका साथ प्राधिकरणले मुलुकका सरकारी तथा सामुदायिक स्कूलमा टेलिसेन्टरको स्थापना गर्ने बताएको हो। हाल यस कार्यको लागी प्राधिकरण मन्त्रालयबाट स्वीकृत लिने क्रममा रहेको बताइएको छ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com