पूर्व पहलमान तथा अभिनेता दारा सिंहको देहावसान I
फेसबुकमा साथीसँग बाँड्नुहोस
पूर्व पहलमान तथा अभिनेता दारा सिंहको आज बिहान ८४ वर्षको उमेरमा निधन भएको छ । उनका छोरा बिंदु सिंहका अनुसार उनले आज बिहान ७:३० बजे अन्तिम सास लिएका हुन् ।
गत शनिबारदेखि अस्वस्थ भएका सिंहलाई हिजो बुधबार राति परिवारले अस्पतालबाट घर फिर्ता लगेका थिए । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार दारा सिंहलाई आज बिहान ७:३० बजे मृत घोषित गरिएको थियो । उनको स्वास्थमा सुधार नआएपछि उनलाई उनकै इच्छा अनुसार घर फिर्ता लगिएको थियो ।
चिकित्सकका अनुसार सिंहको दिमागमा अक्सिजनको मात्रा कम भएकाले उनको दिमागले काम गर्न सकिरहेको थिएन र उनको बाँच्ने सम्भावना ज्यादै न्युन रहेको थियो । उनका छोरा बिंदु सिंहका अनुसार आज दिउँसो साँढे दुई बजे उनको शव यात्रा निकालिने छ ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com