Aastha Chhetri
फेसबुकमा साथीसँग बाँड्नुहोस
नाम - आस्था छेत्री !
इजरायल बसाई अवधी - लगभग ४ बर्ष हुन लाग्यो !
नेपालमा घर - भारतीय नेपाली हु ,घर दार्जीलिंग !
मन पर्ने ठाउँ - सबै नै राम्रो लाग्छ ,खास नाम लिनु पर्दा आफ्नो जन्मथलो दार्जीलिंग !
मन पर्ने पोशाक - साडी ,कुर्ता र आफुलाई सरल ,सहज र सुन्दर लाग्ने पहिरनहरु !
मन पर्ने रंग - सेतो !
मन पर्ने अभिनेता / अभिनेत्री - नाम तोकेर उनि/ तिनी भन्न सकिन्न ,सबै ठीकै लाग्छन !
रुची - आध्यात्मिक ,साहित्य ,चित्रकला ,सामाजिक सेवा ,गीत-संगीत !
मित्रता के हो ?
मित्रता यहि हो भनेर बताउने कुनै यस्तो वाक्यहरु त छैनन् ,तर एक-अर्काप्रति निस्वार्थ र समर्पित भावले गरिएको सहयोग र सदभावनालाई नै मित्रता भन्छु म !
प्रेम के हो ?
लिने /दिने दुवै लाभावन्तित हुने ईश्वरीय तत्व हो प्रेम | यो यस्तो दान हो ,जति यसलाई बाड्यो दिने कहिले पनि रितिन्दैन बरु उभित्रको सम्पन्ता चुलिंदै गरेको हुन्छ !
जीवन के हो ?
-जस्तै प्रतिकुल र बिकट परिस्थितीलाई पनि चिर्दै समुन्द्र बीच एक्लै तैरिन्दै र अघि बडीरहेको जहाज हो जिन्दगी अर्थात यसो पनि भन्न सकिन्छ ,हिम्मत संघर्ष र उपलब्धिको अर्को नाम हो जिन्दगी!
जीवनको उद्देश्य
-जीवनको उद्देश्य यात्रा हो , पोखरी भएर जमनु होइन खोला भएर बग्नु हो ! यसरी बग्दै जादा बाटामा भेटिएका ज्ञान र अनुभवलाई सदुपयोग गर्दै आफ्नुलागि मात्र नभएर अरुकोलागि पनि जिउनु जीवनको उद्देश्य हो भन्नु मेरो बिचारमा दुइमत नहोला !
खबर साइट कतिको भिजिट गर्नु हुन्छ ?
धेरै साइटहरु मध्ये खबरसाइट पनि एउटा यस्तो माध्यम हो ,जसले गर्दा हामी चाडै भन्दा चाडै देश -बिदेशमा घटी रहेका घटना परिघटनाहरु पढन पाउछौ ,त्यसैले समय निकालेर खबरसाइट भिजिट गर्ने गर्छु !







