चार बर्षको बालकले आफ्नै पिताको ह्त्या गरे
फेसबुकमा साथीसँग बाँड्नुहोस
चार वर्षको एक बालकले आफूले मागेको चिज नपाएको झोकमा आफ्नै पिताको गोली हानी हत्या गरेको छ । साउदी अरवको दक्षिणी जिजान क्षेत्रमा बस्दै आएका उक्त बालकले एक खेलौना माग गरेका थिए तर उनका पिताले घर आउँदा उक्त खेलौना नल्याएदिएपछी रिसाएका उनले पिताको हत्या गरेका हुन् ।
एजेन्सीहरुले जनाए अनुसार घर आएपछी लुगा फेर्ने क्रममा बालकका पिताले पेस्तोल टेबुलमा राखेका थिए, त्यहीबेला उक्त बालकले पेस्तोल लिएर पितालाई नजिकबाट गोली हाने । यस घटनाले फेरी एकपटक ह्रिंसक भिडियो गेम खेल्ने बच्चाहरू पनि ह्रिंसक हुने कुरालाई पुष्टी गरेको त्यहाँ छापिएका अखबारले जनाएका छन् ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com