बेल्जियममा नेपाली हाजिरीजवाफ प्रतियोगिता, एनडिएफ बेल्जियम प्रथम I
फेसबुकमा साथीसँग बाँड्नुहोस
१९ बैशाख: सांग्रिला समाज बेल्जियमको आयोजनामा लुवेनमा आइतवार अप्रिल २९ तारिखका दिन सातौं खुला साँग्रीला हाजिरीजवाफ प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । १२ टिम सहभागि उक्त प्रतियोगितामा बेल्जियम स्थित बिभिन्न संघ सस्थाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एन. डि. एफ बेल्जियम प्रथम, क्षेत्रीसमाज बेल्जियम द्वितिय र बाग्लुङ्समाज बेल्जियम तृतिय भएको छ । प्रतियोगितामा एन.डि.एफका तर्फबाट कृष्ण सिंखडा,तुङ्गा निरौला र डेविड खड्का,क्षेत्री समाजका तर्फ बाट बर्षा (श्रेष्ठ) बस्नेत,बिष्णु बस्नेत र प्रतिमा थापा, बाग्लुङ् समाजका तर्फबाट सन्तोष पन्त,कमल सापकोटा र सीता सापकोटा सहभागी थिए ।
प्रतियोगितामा प्रथम द्वितिय र तृतिय हुनेलाई क्रमश: यूरो ५००, ३०० र १०० का साथै मायोको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो।प्रतियोगिता बाहिर दर्शक माँझ उत्कृष्ठ शालिक सापकोटालाई यूरो २५ र सम्मान पत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा पहिलो पटक बेल्जियम भन्दा बाहिर नेपालबाट AI विश्व सम्मेलनमा भाग लिन बेल्जियम आईपुगेका धुब आचार्य,आर.सि लामिछाने,आश्विन कुमार बुढासैनी र विष्णु भट्ले ईमेजिन नेपालको नामबाट सहभागिता जनाएका थिए ।
सहभागी १२ टिममा अखण्ड नेपालको तर्फबाट शैलेश मल्ल,माधव सापकोटा र देवी सापकोटा,हिमालयन सोसाईटी बेल्जियमको तर्फबाट नारायण खड्का,हरि खड्का र शुनिल श्रेष्ठ,जनसम्पर्क समिति बेल्जियमको तर्फबाट नन्दराज घले,शालिक गौतम र लोक गुरुङ्,बि.पि कोईराला प्रतिष्ठान बेल्जियमको तर्फबाट ईन्द्र पकवान क्षेत्री,सीता सापकोटा र बिष्णु सापकोटा,यूरो नेपाल कलाकार संघ बेल्जियमको तर्फबाट अन्जन भटराई,गोकर्ण न्यौपाने र पि.जि शेर्पा,चितवन सहायता कोष बेल्जियमको तर्फबाट विजय सापकोटा,सुरेन्द्र सापकोटा र स्नेहा घिमिरे, NBYC को तर्फबाट निश्चल श्रेष्ठ,आनिश गुरुङ् र प्रज्वलराज भण्डारी र ब्रसेल्स नेपाल मिलन केन्द्रको तर्फबाट लोकनाथ गौतम,ईश्वरी गौतम र हरिकृष्ण श्रेष्ठले भाग लिएका थिए ।
प्रतियोगिता प्रवासमा नेपाली भाषा,साहित्य र संस्कृतिको संरक्षण,संवर्द्वन र प्रचार प्रसार गर्ने उदेश्यले स्थापित साँग्रीला समाजको स्थापना दिवसको अवसरमा आयोजना गरिएको हो।समाजका अध्यक्ष यामु निरौलाको अध्यक्षता र मोहन खत्रीको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको संचालन दीपक ज्योति पौडेल र परमानन्द सापकोटाले संचालन गरेका थिए।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष पुष्पराज अधिकारी,एन.आर.एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्,उपाध्यक्ष बोधराज पौडेल एन.आर.एन बेल्जियम आई.सि.सि सदस्य द्वय अर्जुनकुमार श्रेष्ठ र पि.जी शेर्पा,समाजका सल्लाहकार बाशु खड्का,तरुण दल यूरोपका संयोजक शैलेश मल्ल,बाग्लुङ् समाज बेल्जियमका अध्यक्ष श्रीप्रसाद सापकोटा,जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष गंगाधर गौतम,ईन्द्र धनुष क्लव बेल्जियमका अध्यक्ष अनन्त गुरुङ,नेपाली व्यावसायी संघ बेल्जियमका अध्यक्ष हरि शर्मा थपलिया,यूरो नेपाल कलाकार संध बेल्जियमका अध्यक्ष पदम गुरुङ्,क्षेत्री समाज बेल्जियमका ओम थापा,ब्रसेल्स नेपाल मिलन केन्द्र बेल्जियमका अध्यक्ष पारस गौतम,नेपाल पत्रकार संघका सदस्य ओम शर्मा,एन.डि.एफ बेल्जियमका महासचिव गोपाल सिंखडा,चितवन सहायता कोष बेल्जियमका महासचिव दीनेश भण्डारी,यूरो नेपाल खेलाडी सघ बेल्जियमका महासचिव दीपक सुबेदी,नवलपरासी सहायता कोष बेल्जियमका रमेश सापकोटा, रा.प्र.पा नेपाल बेल्जियमका राजन बस्नेत लगायत थुप्रै नेपालीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्न सौजन्य स्वरुप यूरो २०० प्रदान गर्नुहुने ईन्द्रधनुष क्लवका अध्यक्ष अनन्त गुरुङ्,यूरो ३०० प्रदान गर्नुहुने नेपाली व्यावसायी संघ बेल्जियमका अध्यक्ष हरि शर्मा थपलिया,पूर्व अध्यक्ष अर्जुनकुमार श्रेष्ठ,र महासचिव सि.पि भट्,यूरो २०० प्रदान गर्नुहुने खड्क(रामचन्द्र)के.सि,यूरो ५० प्रदान गर्नुहुने बुद्व डे सपका राजन बस्नेत,यूरो ५० प्रदान गर्नुहुने ईनारी रेष्टुरेन्ट बेल्जियम,यूरो ५० प्रदान गर्नुहुने ब्रसेल्स नेपाल मिलन केन्द्र बेल्जियम,र यूरो २१ प्रदान गर्नुहुने नेपाली हाउस रेष्टुरेन्ट आर्सकोट बेल्जियमका साथै प्रविधिमा सहयोग गर्नुहुने दीपक सुबेदी,महेन्द्र बिक्रम भटराई,विमल खड्का,हिमाल लामिछाने र अर्जुन के.सिलाई साँग्रीला समाज बेल्जियमले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
Watch Video
KhabarSite.com
ताजा खबर तथा सुचना र जानकारीको लागि खबरसाइट डट कम ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - info@khabarsite.com