पुटट बाहिर निस्केको भुडी कसरी घटाउने ?

आजको युगमा मानिसको कार्यव्यस्तता बढे पनि शारीरिक परिश्रमको आवश्यकता भने स्वात्तै घटेको छ । बिना शारीरिक परिश्रम तपाईं आफ्ना हरेक आवश्यकताहरु पुरा गर्न सक्नुहुन्छ । यसो हुँदा हाम्रो शरीरलाई व्यायामको अभाव हुनु स्वाभाविकै हो । त्यसमाथि अव्यवस्थित जीवनशैली र गलत खानेकुराको सेवनले पेटको बोसो बढाउदै लागेको पाइन्छ । पेटको बोसो धेरै मानिसहरुका लागि याद राख्ने ठाउँ बनेको छ । यसले तपाईंको व्यक्तित्व मात्र खराब नगरि धेरै प्रकारको रोगको शिकार बनाउन सक्छ ।

पेटको बोसो कसरी घटाउने ?

आउनुहोस पेटको बोसो घटाउनका लागि यी आयुर्वेदिक पद्धति अपनाउनुहोस् । तपाइँ आफ्नो दिनको सुरुवात कागतीको रसबाट सुरु गर्नुहोस् ।

पेटको बोसो घटाउनका लागि यो सबभन्दा राम्रो थेरापी मानिएको छ । मनतातो पानीमा एक चिम्टि पहेँलो कागतीको जुसमा नुन हाल्नुहोस् । यसलाई दैनिक रुपमा पिउने गर्नाले तपाईंको मेटाबोलिजमलाई तीव्र पार्दछ ।

सेतो चामल सबै भन्दा हानिकारक छ, यसबाट टाढै बस्नुहोस् । सेतो चामलको सट्टामा तपाईंले गहुँको खाद्यसामग्री बनाउन सक्नुहुनेछ । आफ्नो डाइटमा खैरो चामल, खैरो पाउरोटी संलग्न गर्नुहोस् ।

तपाइले यदि साचै पेटको वरीपरी जम्मा भएका फ्याट घटाउने हो भने चिनी अर्थात गुलिया खानेकुरालाई बन्देज नै गर्नुपर्छ । चक्लेट, गुलियो पेय पदार्थ र चिल्लो खानेकुरा खान पुर्णरुपमा छाडनुहोस । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन धेरै मद्दत गर्दछ ।

चिल्लो पदार्थ हाम्रो शरीरलाई चाहिन्छ तर त्यो स्वस्थकर हुनुपर्दछ । हेल्दी फ्याट भन्नाले जैतुनको तेल, अभोकादो, अण्डा, काजु, बदाम, बियाँ बाट प्राप्त हुने चिल्लो हुन् । यसबाहेक अरु सामान्य तेल, घ्युको प्रयोग नगर्नुहोस ।

खानेकुरामा कार्वोहाइड्रेट घटाउनुस र प्रोटिनको मात्रा बढाउनुहोस्, प्रोटिनले तपाइंको मांशपेशी निर्माण हुन्छ भने कार्वोहाइड्रेट नै धेरै भएर बोसोको रुपमा जम्मा भएर बस्दछ ।

मानसिक विकार, चिन्ता, नैराश्यताको भाव नलिनुहोस । प्रशस्त मात्रामा पानी पिउनुहोस् । यदि आफ्नो पेटको बोसो घटाउन चाहनुहुन्छ भने दैनिक रुपमा प्रशस्त पानी पिउने गर्नुहोस् । केहि समयको अन्तरालपछि पिइएको पानीले तपाईंको मेटाबोलिजमको गतिलाई तिव्र पार्दछ र शरिरको टक्सिनहरुलाई हटाउने गर्दछ ।

काँचो मूलालाई चपाउनुहोस् । प्रत्येक बिहान दुई चार वटा मूलाको चाना चपाउनुहोस् र त्यसपछि मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस । यो पद्धतीले तपाईंको तौल घटाउने प्रक्रियालाई दोब्बर बनाइदिन्छ र राम्रो रक्तसंचारमा मद्दत गर्दछ । शाकाहारि खानेकुरामा बढि जोड दिनुहोस् ।

तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ । खानामा बढि मसलाको प्रयोग गर्नुहोस् ।

अदुवा, मरिचलाई खानेकुरामा हाल्न कहिले नछुटाउनुहोस् । यस्ता मसलाले शरिरलाई निकै फाइदा गर्दछ । हरेक दिन केही समय व्यायाम गर्नुहोस, खेलकुद तथा शाररिक परिश्रमका कार्यहरुमा रुची राख्नुहोस ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI