यो मेलामा मन परेको बेहुलीलाइ पैसा दिएर घर भित्र्याउछन केटाहरु

सामान्यतया विवाहमा केटापक्षले दाइजो लिने र बेहुली पक्षले कन्याको साथसाथै वेहुलापक्षको माग बमोजिम गाडी, नगद, मालसामान लगायत अनेक दाइजो दिएर पठाउनु पर्ने संस्कार रहेको छ । तर आज हामी एउटा देशको यस्तो शहरको बारेमा बताउन गैरहेका छौं जहाँ यसको ठीक उल्टो हुन्छ ।

बुल्गेरियाको स्टारा जागोर नाम गरेको शहरमा हरेक तीन बर्षमा बेहुलीको बजार लाग्ने गर्दछ । यहां केटाले केटीको परिवारलाई माग अनुसारको पैसा दिएपछी मात्र कन्यादान गरिन्छ । मेलामा सजिएर आएका कन्यामध्ये कुनै युवति आफुलाई मन परेमा उनको परिवारलाई उचित मूल्य तिरेपछि बेहुली बनाएर घर लैजान पाइन्छ ।

यो मेला बर्षौं देखि स्थानीय संस्कृतिको रुपमा आज पर्यन्त कायम छ । वास्तवमा विवाह गर्दा हुने अनावश्यक आर्थिक बोझ हल्का गर्न यो परम्पराको विकास भएको हुनुपर्दछ । यो बजार बुल्गारियाको कलाइदझी समुदायमा प्रचलित छ । आफ्नो समुदायभन्दा बाहिरका व्यक्तिहरु सो बेहुली बजारमा सहभागी हुदैनन् । यो मेलामा विशेषगरी त्यस्ता गरिब परिवारका सदस्य सहभागी हुने गर्दछन जसलाई छोरीको बिहेको लागि खर्च उठाउन मुश्कील हुन्छ । बजारमा उनीहरुले आफ्ना छोरीहरुलाई बेहुलीको पोशाकमा शृंगार गरेर साज सज्जा सहित लिएर आएका हुन्छन । बिहे गर्न मन भएका केटाहरु पनि आफ्नो परिवारसहित सो मेलामा आउने गर्दछन ।

 

केटाले पहिले आफुलाई मन परेकी दुलही रोज्दछा । त्यसपछि केटा र केटीलाई एक आपसमा कुरा गर्ने समय दिइन्छ । यदि युवतीलाई पनि मन पर्यो र दुवैजना राजिखुसि भएमा तुरुन्त एक अर्कालाई बेहुला बेहुली स्वीकार्छन । बेहुलीको परिवारको माग अनुसार रकम उपलब्ध गराएपछी बेहुलीलाई घर भित्र्याउन पाइन्छ । बेहुली खरिद बिक्रि हुने यो प्रचलन पुस्तौं देखि चल्दै आएको बिश्वास गरिन्छ र यो मेलामा कानुनि रोकतोक पनि छैन ।

 




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI