जहाँ दिन दहाडै नशामा झुमेर बस्छन युवा युवतीहरु

यो ठाउँ युरोपको स्पेन भन्ने देशको मजोर्का र इबिजा भन्ने शहरहरुमा युवायुवती रक्सीको नाशामा यति चूर हुन्छन कि उनीहरु लाई आफ्नो परिवार या अरु कसैको कुनै चिन्ता नै रहदैन । अत्याधिक मदिरापान हुने स्थानको रुपमा कहलिएका यी ठाउँका सडकहरुमा ड्रग्स, अश्लिलता र मादक पदार्थको व्यापार सामान्य भएको छ ।

नयाँ कानुन अनुसार रक्सीले मातेर सडकमा असामान्य गतिविधि गर्ने, शावर जेल प्रयोग गर्ने, रुखमा चढ्ने तथा पब्लिक सेक्स गर्नुलाई अपराधको रुपमा हेरिनेछ

अत्याधिक रुपमा विकृति बढेर दिन दहाडै शहरका युवायुवतीहरु नशामा झुम्न थालेपछि यो विकृति र अश्लीलतालाई रोक्नको लागि स्पेनको सरकारले ६४ वटा नयां कानुन बनाइएको छ, ताकी मदिरा संस्कृतिमा केहि सुधार होस् । यहाँका पर्यटन प्रमुख बील बार्सेलोका अनुसार, ‘नयां नियमहरुलाई कार्यन्वयन गराउन र सचेतना जगाउन अब तत्काल बिभिन्न अभियान संचालन गरिनेछ’।

हामी यस्ता असामाजिक तथा अश्लील गतिविधिहरु निराकरणको लागि सक्दो जनचेतना जगाउने कोसिस गर्नेवाला छौं र जसले यी कानुनको उल्लङ्घन गर्नेछन तिनीहरुलाई कडा कारवाही गर्नेछौं ।

आगामी नयाँ कानुन अनुसार रक्सीले मातेर सडकमा असामान्य गतिविधि गर्ने, शावर जेल प्रयोग गर्ने, रुखमा चढ्ने तथा पब्लिक सेक्स गर्नुलाई अपराधको रुपमा हेरिनेछ र यस्ता गतिबिधि माथि कडा निगरानी गरिनेछ ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI