डमरुको डन्डीबियोमा खगेन्द्र र मेनुका

काठमाडौं :छेतन गुरुङको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘डमरुको डन्डीबियो’मा खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिन लागेका छन् भने उनको अपोजिटमा नायिका मेनुका प्रधानले अभिनय गर्दैछिन । नायक खगेन्द्र लामिछाने दमदार अभिनय गर्ने कलाकारको पर्याय बनाइसकेका छन

काठमाडौं र लमजुङको घलेगाउँमा छायांकन गरिने यो चलचित्रको लेखनमा निर्देशक छेतनलाई कलाकार लामिछानेले पनि साथ दिएका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी घोषणा गरिएको यस चलचित्रको बारेमा जानकारी दिइयो खगेन्द्रका साथमा रहने अभिनेत्री मेनुका प्रधानको पनि खगेन्द्रकै जस्तो पहिचान बनेको छ । ग्ल्यामरस छवि बनाएका नायिकाको भीडमा मौलिक तर सबैले रुचाउने उनको अभिनय कौशल साँच्चिकै लोभलाग्दो छ ।

खगेन्द्र र मेनुकाको अभिनय एवं छेतेनको निर्देशनका कारण ‘डमरुको डन्डीबियो’ हेर्न लायकको चलचित्र बन्ने अपेक्षा गरिएको छ । चलचित्रमा खगेन्द्र, मेनुकाका साथै अनुप बराल, नमिता घिसिङ, बुद्धि तामाङलगायतले अभिनय गर्नेछन् । सुमी श्रेष्ठ घले र विनोद गुरुङको लगानीमा बन्न लागेको चलचित्रको छायांकन असोज २२ गतेबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।

डेढ करोड रुपैयाँको लागतमा बन्न लागेको यस चलचित्र लोपोन्मुख डन्डीबियो खेलमाथि आधारित छ । नयाँ विषय भएकाले जति चुनौती छ अवसर पनि उत्तिकै छ । दर्शक अहिले चलचित्रमा नयाँ विषय, नयाँ प्रयोग र प्रस्तुति खोजिरहेका छन् ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI