राप्रपा छोडेकी गायिका कोमल ओलीलाई केपी ओलीले स्वागत नगर्ने

काठमाण्डु, ९ असोज – चर्चित गायिका कोमल ओली एमाले आज सोमबार एमाले प्रवेश गर्दैछिन् । दाङको घोराहीमा एमाले उपाध्यक्ष बामदेव गौतमले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।

व्यस्तताका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली झापा जानुपर्ने भएकाले उपाध्यक्ष गौतमले गायिका ओलीलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी एमालेले जनाएको छ ।

राजनीतिकै लागि रेडियो नेपालको सरकारी जागिर छाडेर राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित ओली एक वर्ष नपुग्दै एमालेमा प्रवेश गर्न लागेकी हुन् । पार्टी परिवर्तनको कारण एमालेको एजेण्डा मन परेको गायिका कोमल ओलीको प्रतिक्रिया छ ।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI