मिस हंगकंग नेपालको ताज पहिरिन सफल भइन – सुस्मिता लिम्बु

मिस हङकङ नेपालको ताज २१ वर्षीय सुस्मिता लिम्बुले पहिरिएकी छन्। क्याप्टेन विजय लामाले सोधेको निर्णायक प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि लिम्बुले १३ प्रतिस्पर्धिहलाई पछि पार्दै हङकङ नेपाल २०१७ को उपाधी आफ्नो पोल्टामा पारेकी हुन्।

आइतबार भएको ग्राण्ड फिनालेमा क्याप्टेन विजय लामाको ‘व्यूटि पेजेन्टका निर्णायकहरुको गुणस्तर कस्तो हुनु पर्छ’ भन्ने प्रश्नमा उनको जवाफ थियो– निर्णायकहरू सुन्दरी प्रतियोगिता सम्बन्धि राम्रो ज्ञान भएको र निष्पक्ष निर्णय गर्ने क्षमता भएको हुनुपर्छ।

याउमातेइस्थित कम्युनिटी हलमा भएको मिस हङकङ नेपाल २०१७ प्रतियोगितामा फस्ट रनर अपको उपाधी प्रजला गर्बुजा र सेकेन्ड रनर अपको उपाधी एलिसा गुरुङको हातमा परेको छ। प्रथम, दोश्रो र तेस्रो हुनेलाई क्रमशः १०,०००, ७००० र ५००० हङकङ डलर नगद पुरस्कार प्रदान गरिएको थियो।

नेपालमा ५ कक्षासम्म अध्ययन गरी हङकङ आएर फर्म सिक्स सकेकी सुस्मिताले सुरुदेखि नै आफुले मिस हङकङ नेपालको उपाधी जित्न सक्छु भन्ने आत्मविश्वास लिएको र अहिले त्यो प्रमाणित भएको नेपालखबरलाई बताइन।

‘भविष्यमा गायिका तथा मोडल बन्ने सोचाइमा छु’, नृत्यमा पनि पोख्त सुस्मिताले जितको खुशीसँगै भनिन्, ‘फेशन डिजाइन मेरो अर्को सोख हो।’

मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतियोगिताको ग्रान्ड फिनालेको सन्चालन माल्भिका सुब्बाले गरेकी थिइन। नेपालखबर।




..
Just In KhabarSite
© all rights reserved
Crafted with by NetKUTI