दुवै मृगौला फेल भएपछि मलेशिया सपना अधुरै, बाँच्ने आशमा जितेन्द्रको सहयोग याचना !

 

 

बाग्लुंग  नगरपालिका-१४ नारायणस्थानका २५ बर्षिय जितेन्द्र सुनार ३ बर्ष अगाडी ऋण-धन गरेर सुनौलो भविष्यको कल्पना गर्दै  मलेसिया हानिएका थिए।
काम थालेको केहि समयमै उनी  बिरामी परे।कैयन चेकअप गरियो , पैसा सकियो , व्यथा सकिएन , ऋण र रोग अझै बढ्यो ।श्रम बजारमा बिरामीको के काम ?
सपना अधुरै छाडेर उनी जन्मभूमि फर्किए ।  काठमाडौमा राम्रो संग चेक गर्दा थाहा भयो उनको दुवै मृगौलाले काम गर्न छाडी सकेको रहेछ।
डाक्टरले उनलाई यथा सिघ्र मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन खर्च ७-८  लाख हाराहारी लाग्ने देखियो ।
मलेशिया गएको ऋण  त बाँकि नै थियो , अलिअलि भएको पैसा पनि चेक अप र आउजाउमै सकियो ।
आज आएर उनले आफुलाई बचाई दिन सानो भन्दा सानो सहयोग जुटाईदिन समस्त नेपालीसामू हात पसारेका छन।
तपाइको सानो सहयोगले एक होनहार युवकको ज्यान बच्न सक्छ , उनको र परिवारको आशु पुछिन सक्छ । यदि तपाई
सानो सहयोग गरी पुन्य गर्न चाहनु हुन्छ भने कृपया तलको  ठेगाना , व्यक्ति , फोनमा सम्पर्क गर्नुहोला ,
धन्यवाद !

नाम : जितेन्द्र सुनार
ठेगाना : Baglung Municipality Ward No. 14 Narayansthan
Bank Name:Global IME Bank kathmandu, Gongabu Branch
Acc. No. : 3507010012930
Phone: 009779867611245
viber:+9779813382633


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI