डोटीमा जीप दुर्घटना : नौ जनाको मृत्यु, सबैको सनाखत

-भूमिराज जोशी
डोटी – गए राती डोटीको बोगटान गाउँपालिका–६ गगुडा धारमा भएको जीप दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  साबिकको गगुडा गाबिसको वडा–८ कटैगाउँको धार नजिकै गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा :
बोगटान गाउँपालिका—१ सिमचौरका 
३५ बर्षीय बिष्णु बहादुर मगर,
५५ बर्षीय भिम घर्तिमगर,
५० बर्षीय बुढो घर्ति मगर,
४५ बर्षीय गोरख थापा,
४८ बर्षीय शसीराम बहादुर पुनमगर,
४५ बर्षीय ललीता देबी पुन,
४० बर्षीय टेक बहादुर पुनमगर,
३० बर्षीय चन्द्र बहादुर घर्तिमगर
शिखर नगरपालिका–१, कपल्लेकीका 
२८ बर्षीय चालक कृष्ण बहादुर नेगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
जीप सडकबाट करीव चार सय मिटरभन्दा तल खसेको छ ।

बाटो चिप्लो भएको कारण दुर्घटना भएको अनुमान
कच्ची बाटो बर्षातको बेला रातीको समयमा भएको दुर्घटना के कारणले भयो भन्ने एकिन भएको छैन ।
दिपायलबाट यात्रुहरु बोकी बोगटान क्षेत्रका लागि हिडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नं. को जीप राती करीव १० बजे दुर्घटना भएको स्थानीयबासीले जानकारी दिएका छन । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला सदरमुकामबाट करीव पाँच घण्टा लाग्ने कच्ची बाटो भएका कारण घाईतेहरुको उपचारमा समस्या भएको छ ।

ध्याडीखोलामा पहिरो 
शैलेश्वरी यातायात व्यवसायी समितिका अध्यक्ष गणेश बहादुर मलासीले दिएको जानकारी अनुसार राति घाईते बोकेर आएको अर्को जीप के आई सिंह गाउँपालिका–१ को ध्याडीखोला भन्ने ठाउँमा पहिरो गएका कारण उतै रोकिएको छ ।

आरोप
घाईतेहरुको उद्दारका लागि दिपायलबाट समितिका महासचिवको नेतृत्वको टोली गएको मलासीले वताए । मलासीले बर्षातको समयमा कच्ची बाटोमा गाडी नचलाउन भनी असार २९ गते नै सबै सवारी धनी र चालकहरुलाई समितिको तर्फबाट अनुरोध गरिएको भएपनि समितिको उक्त अनुरोध गाडी धनीहरुले अटेर गरेको आरोप लगाएका छन ।

 


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI