भरतपुर प्रकरण : सुनुवाई सकियो, न्यायाधीशहरु परामर्शमा

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान कि मतगणना भन्ने मुद्दाको सर्वोच्च अदालतमा आइतबार  बहस सकिएको छ ।
आइतबार निवेदकले जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने भन्नेमा दुवैतर्फको बहस सकिएको हो ।
दुवैतर्फको बहस सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारी परामर्शमा छन् । यो मुद्दा मिश्र र भण्डारीद्वयको इजलासमा सुनुवाई भएको हो ।
संयुक्त इजलासका न्यायाधीशबीच राय नबाझिए भरतपुर प्रकरणले आजै निकास पाउने बताइएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI