चलचित्र संघको नेम्पा अवार्ड २०१७ अमेरिकामा हुने

काठमाडौँ । नेपाल चलचित्र संघले अमेरिकाको डलासस्थित टेक्सासमा नेम्पा अवार्ड २०१७ को आयोजना गर्ने भएको छ । बीचमा केही ग्याप भएतापनि पुनः अवार्डलाई निरन्तरता दिन नेम्पा अवार्ड २०१७ को आयोजना गरिन लागेको हो । राजधानीको विशालनगरस्थित संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संघले उक्त कार्यक्रमको जानकारी दिएको छ ।

यसअघि चलचित्रकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने अभिप्रायले उक्त अवार्डको आयोजना हुँदै आएको थियो । उक्त अवार्ड समारोहमा १८ विधा र १ जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिएका छन् । उनले उक्त कार्यक्रम आउदो सेप्टेम्बरको दोस्रो साता अमेरिकाको टेक्सास्मा गरिने बताए ।

सो कार्यक्रममा नेपालबाट ४० जना चलचित्रकर्मी सहभागी हुनेछन् । यस्तै संघले २०१८ मा भने यस अवार्ड समारोह अष्ट्रेलियामा समेत आयोजना गरिने जनाएको छ । यस अघि नेपाल फिल्म सोसाइटीको पहलमा पहिलो पटक अमेरिकामा ‘ग्लोबल फिल्म अवार्ड’ गरिएको थियो ।

चलचित्र संघले विद्यार्थी वर्गलाई चलचित्रप्रति अभिरुचि जगाउने उद्देश्यले चलचित्र क्षेत्रमा समेटिएको सिने क्विज र मूभि अफ द मन्थ कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

क्यूएफ्एक्स् सिनेमाले प्रायोजन गर्ने क्विज प्रतियोगिता तीन चरणमा गरिने बताइएको छ । प्रथम चरणमा पूर्वाञ्चलका ८ जिल्ला, पश्चिमाञ्चलका १० जिल्ला र उपत्यकाका ४ जिल्लाका विभिन्न कलेजहरुबीच सम्पन्न गरिनेछ । मूभि अफ द मन्थ नेपाल फिल्म सोसाइटीको सहकार्यमा हरेक महिना नेपाल चलचित्र संघको प्रेक्षालयमा प्रदर्शन गरिने संघले बताएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI