न्युयोर्कमा नेपाल डे परेड धुमधामका साथ मनाइयो

अमेरिका- न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुँदै गरेको नेपाल डे परेड भव्य र सभ्य रुपमा मनाइएको छ ।

न्युयोर्कमा बसोबास गर्ने नेपालीहरुको विशेष सहयोग र सहभागितामा नेपाल डे परेड भव्य रुपमा सफल भएको जानकारी कन्भेनर मंगल दास श्रेष्ठद्धारा जारी प्रेस बिज्ञप्तीमा उल्लेख छ  ।

२५६१ औं बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको  यस दोश्रो नेपाल डे परेड २०१७ प्रवासमा नेपलीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दताको रुपमा परिचित गराउँदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ ।

नेपाली डायस्पोरालाई अमेरिकी समुदाय माझ चिनारी गराउँदै नेपालमा पर्यटन प्रबर्धदन गराउनु नेपाल डे परेडको अर्को मुख्य उद्धेश्य रहेको छ ।

दोश्रो नेपाल डे परेडमा सहभागिता जनाउनेहरुमा पत्रकार, स्वयंसेवक, अमरिकास्थित बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु लगायत ठूलो मात्रामा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिती रहेको थियो । त्यस्तै नेपाली महाबाणिज्यदुतवास न्युयोर्क, ग्रयाण्ड मार्शल मिङमा किपा शेर्पा तथा प्रमुख अतिथि नेपाल सरकारका उधोगमन्त्री नविन्द्रराज जोशीप्रति आयोजकले आभार ब्यक्त गरेको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI