बेलायतको म्यान्चेष्टरमा पप कन्सर्टमा आक्रमण, १९ को मृत्यु [video]

म्यान्चेष्टर । बेलायतको म्यानचेस्टर शहरमा आयोजित पप कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको छ ।
गायिका गायिका एरियाना ग्र्यान्डको कन्सर्ट समाप्त भएसँगै बम विष्फोट भएको हो । विष्फोटका कारण १९ जनाले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

प्रहरीले घटना कुनै चरमपन्थी समुहले घटाएको आशंका गरेको छ ।

प्रत्यक्षदर्शीले म्यानचेस्टर एरेनामा चलिरहेको गायिका एरियाना ग्र्यान्डेको कन्सर्टपछि विस्फोटनको ठूलाे आवाज सुनिएको बताएका छन् ।
बम धमाकापछि म्यानचेस्टर भिक्टोरिया ट्रेन स्टेशनमा आवागमन ठप्प भएको छ । म्यानचेस्टर प्रहरीले स्थानीयलाई घटनास्थलबाट परै रहन निर्देशनात्मक आग्रह गरेको छ ।
विस्फोटपछि कन्सर्ट भएको एरेना पुरै खाली गरिएको छ । स्थानीयले उक्त स्थानमा दुई बम विष्फोटन भएको जनाएका छन् ।
घटना लगत्तै त्यहाँ एम्बुलेन्ससहित उद्धारकर्मी पुगेका थिए । घाइतेहरुलाई उपचारका लागि शहरका विभिन्न अस्पताल पुयाइएको छ भने प्रहरीले अनुशन्धान सुरु गरेको छ ।

भिडियाे हेर्नुहाेस्ः


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI