साइप्रसमा साकेला नाच कार्यक्रमको आयोजना हुँदै

रिङ्कु श्रेष्ठ,
साइप्रस,निकोसिया
– किराँत राईहरुको महान चाड साकेला नाचलाई साइप्रसमा रहेका किराँत समुदायले धुमधामका साथ मनाउने भएका छन् ।

आप्रवासमा रहेपनि आफ्नो परम्परा तथा चाडबाडलाई जिवितै राख्न साइप्रसमा बसोबास गरिरहेका किराँत समुदायले निकोसियामा ‘किराँत राईहरुको महान चाड साकेला नाच कार्यक्रम’ को आयोजना गर्न लागेका हुन् ।

किराँत राई साइप्रसले साकेला नाचको आयोजना गरेको हो । साइप्रसमा बसोबास गर्ने सम्पूर्ण नेपाली समूदायलाई कार्यक्रममा उपस्थिती जनाइदिन आयोजक संस्था किराँत राई साइप्रसले निमन्त्रण तथा अनुरोध समेत गरेको छ ।

कार्यक्रम यही मे महिनाको १४ तारिखका दिन बिहान १० बजेबाट प्रारम्भ हुने आयोजकले जानकारी गराएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI