भारतमा सलमानका बडीगार्ड शेराले गर्ने भए जस्टिन बिबरको पनि सुरक्षा

मुम्बई । सुपरस्टार सलमान खानका बडीगार्ड शेरालाई स्टार जस्टिन बैबरको सुरक्षाको जिम्मेदारी दिएको छ। उनी पर्पज विश्व भ्रमणको लागि अहिले भारत आउने भएका छन् । शेरा सलमानको २० बर्ष पुराना सबैभन्दा भरोसाका अंगरक्षक हुन् । उनको असली नाम गुरमीत सिंह जली हो।

खबरका अनुसार जस्टिन बैबर यहि महिना भारत आउँदै छन्। उनको सुरक्षा ब्यवस्थामा कडाई गरिएको छ।

सलमान खुद ग्रैमी पुरस्कार जिती सकेक गायकको मेजबानी गर्ने तयारीमा छन्। जस्टिन आफ्नो सांगीतिक कार्यक्रमका लागि ८ मे मा भारत आउँदै छन्। कार्यक्रम व्हाईट फक्स इन्डियाद्वारा १० मे मा आयोजित हुँदै छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI