‘बाहुबली २’ बलिउडमा अभूतपूर्व साबित, पार्यो बक्स अफिसको पुरै रेकर्ड ध्वस्त, करिब १००० करोड कमाई

नयाँ दिल्ली । बाहुबली २ को सुनामीले बक्स अफिसको पुरै रेकर्ड ध्वस्त बनाएको छ। हिन्दी भाषा सहित ६ भाषामा रिलिज गरिएको चलचित्र बहुबलीले भारत लगाएत विश्वका अन्य देशमा पनि निकै जोडतोडको कमाई गरिरहेको छ।

एस एस राजामौलीको यस चलचित्रले ९०० करोडको व्यापार गरिसकेको बताएका छन्। फिल्मी वेबसाइटका अनुसार ‘बाहुबली-२’ ले विश्वभरबाट लगभग ९२५ करोड भारु कमाई गरेको दाबी गरेको छ।

वेबसाइटका अनुसार चलचित्रले भारत नेट ५८७ करोड कमाई गरेको छ। पहिलो हप्ताको कमाईको मामलामा सलमान, आमिर खानको फिल्म ‘बाहुबली २’ को अगाडी टिक्न सकेनन् ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI