गायक प्रलय जिरेलको ‘माया गर्छु’ म्युजिक भिडियो बजारमा 

प्रतिभाशाली गायक प्रलय जिरेलको माया गर्छु बोलको म्युजिक भिडियो बजारमा आएको छ । गीत संगीतमा असाध्य रुचि राख्ने काठमाण्डौ कपन घर भएका उदयमान गायक जिरेल आफै रचना र संगीत पनि गर्छन । आधा दर्जन गीत रेकर्डिङ गरिसकेका गायक जिरेलको यो पहिलो म्युजिक भिडियो हो, जसमा उनको आफ्नै रचना, संगीत रहेको छ ।
कलाकारहरु सन्जयराज विक्रम, समिता श्रेष्ठ, निरजमान प्रधान र निमा शेर्पा लगायतको अभिनय देख्न सकिने यस म्युजिक भिडियो प्रेमभावमा आधारित छ । सोहन मानन्धरको छायांकन तथा सम्पादन रहेको छ भने, सन्जयराज विक्रमले म्युजिक भिडियोको निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI