जस्टिन बीबरको कार्यक्रमका लागि शाहरुख र सलमानबीच चल्यो होडबाजी

एजेन्सी । शाहरुख र सलमान खानबिच सम्बन्ध सुधार भएको केही समय बित्न नपाउँदै यि दुई चर्चित स्टारबिच फेरी एउटा समान्य विषयले होडबाजीकै रुप लिएको छ । यि दुई चर्चित बलिउड स्टारको बिचमा आएका छन् चर्चित युवा पप गायक जस्टिन बीबर ।

युवा पप गायक जस्टिन बीबर । १० मेमा कन्सर्टका लागि भारतको मुम्बईमा आउने निश्चित भएसँगै उनको कार्यक्रम कस्ले चलाउने भन्ने बारेमा अभिनेता शाहरुख खाना र सलमान खानबीच होडबाजी मच्चिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

ह्वाइट फक्स इन्डियाद्धारा आयोजना गर्न लागिएको कन्सर्टका लागि बीबर आफ्नो ‘पर्पज टुर’को माध्यमबट ८ मेमा मुम्बई आइपुग्ने र १० मेमा बृहत कन्र्सटको आयोजना गरिएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI