अभिनेत्री पार्वतीलाई अश्लिल म्यासेज पठाउने युवक प्रहरीको फन्दामा 

एजेन्सी । देवो के देव महादेव जस्ता चर्चित टेलिभिजन शो की पार्वती अर्थात सोनारिका भदौरियालाई अश्लिन म्यासेज पठाएको आरोपमा एक युवक पक्राउ परेका छन्।२३ वर्षीय ती युवकले आफ्नो प्रेम प्रस्ताव स्वीकार गर्न धम्की दिदै पार्वतीलाई लामो समयदेखि तनाव दिदै आएका थिए। उनले पछिल्लो ७ ८ महिनादेखि पार्वतिलाई फोन तथा म्यासेज गरेर हैरानी दिदै आएका थिए । 

उनकै कारण पार्वतीले आफ्नो फोन नम्बर पनि परिवर्तन गरेकी थिइन्। नम्बर परिवर्तन गरेपनि ती युवकले पार्वतीको बाबु तथा अन्य आफन्तलाई फोन गरेर तनाब दिन थालेपनि प्रहरी गहार्नु परेको थियो। उनको उजुरी पछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हो।

 


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI