कलसेन्टर र मोवाइल एप्प संचालनमा

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कलसेन्ट र मोवाइल एप्पको संचालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचन सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याइएको जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगले संचालनमा ल्याएको मोवाइल एप्पबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताए।

उनले आयोगले संचालनमा ल्याएको कलसेन्टर र मोवाइल एप्पको प्रभावकारी संचालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिए।

निवार्चन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मिप्रसाद यादवले आयोगले संचालनमा ल्याएको एप्पबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अंग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने बताए।

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोवाइल एप्प सञ्चालनमा ल्याएको हो।

कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारबालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्वरबाट तत्काल प्राप्त हुने छ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्वरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन। कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI