२ मिनेट मै अनुहारको दाग हटाई छाला सुन्दर आकर्षक र चम्किलो बनाउने सरल उपाय

एजेन्सी । हाम्रो त्वचा संवेदनशील छ, यसलाई नरम तथा चम्किलो बनाउन तपाइंले महंगा कस्मेटिक सामग्रीहरुको प्रयोग गर्नु भन्दा प्राकृतिक र घरेलु बिधि अपनाउन सक्नु हुन्छ । छालाको सतहमा नयाँ कोषहरू निर्माण हुने र पुराना कोषहरू मर्ने क्रम सधै भैरहेको हुन्छ । यसकारण तपाइंको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाइंले निम्न प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नुहुन्छ । यो घरेलु बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी छ ।

सामाग्रीहरु

१) कागती
२) थोरै नुन
३) चामलको पिठो
४) मह

बनाउने बिधि

पहिलो चरण – सबैभन्दा पहिला कागती लाइ दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुभई सफा पानीले मुख धुनुहोस ।

दोस्रो चरण –
यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ । यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् । त्यसपछि सफा पानीले मुख धुनुहोस । र अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजर लगाउनुहोस् ।

अब तपाइंको अनुहार निकै आकर्षक चम्किलो र नरम हुनेछ । छालाको नरमपना र चमकताको लागि यो घरेलु उपाय रामबाण मानिएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI