सुन्दर देखिन पार्लर जाँदा यस्तो हालत भो

एजेन्सी। सोसल साइटमा बी फर बनबन नामबाट ब्युटी ब्लग चलाउने जुलीले फलोअरलाई मेकअपसम्बन्धी टिप्स दिन्छिन्। २०१३ मा जुलीले पार्लर गएर फेसियल गराउने निधो गरिन् जसले उनको अनुहारमा उल्टो असर गर्‍यो। फेसियलले उनलाई एलर्जी भयो जसका कारण उनको अनुहारमा साना साना बिमिराहरु आउन थाले।

जब उनले यो कुरामा डाक्टरसँग परामर्श लिइन् डाक्टरले झन् एक्सपाएर भइसकेको औषधी दिए जसका कारण उनको हालत अझै बिग्रियो। पछि अन्य डाक्टरसँगको सल्लाहपछि औषधी प्रयोग गर्दा उनको अनुहारमा पुनः सुधार आयो। अहिले जुलीले आफ्नो अनुभव शेयर गर्दै अरुलाई अनुहारसँग धेरै छेडछाड नगर्न सुझाव दिएकी छिन्।


आफ्नो प्रतिक्रिया दिनुहोस |
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI